site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुस्ताङमा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५, ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृृत्यु भएको छ । ढुम्बाको कुछपतेरंगा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, स्थानीयवासी लगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो । रासस

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro