site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्युरोडमा फुटपाथ विस्तारलाई लिएर स्थानीय र नगरप्रहरीबीच धकेलाधकेल

काठमाडौं । फुटपाथ विस्तारको विषयलाई लिएर न्युरोड क्षेत्र तनावग्रस्त बनेको छ । शुक्रबार दिउँसो स्थानीय र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच धकेलाधकेल भएको छ ।

यसअघि पनि न्युरोडका फुटपाथ विस्तारलाई लिएर मेयर बालेन शाह र २२ नम्बरका वडाध्यक्षबीच बैठकमै विवाद भएको थियो । त्योबेला सडक विभागले सडक विस्तारको काम रोक्न भन्दै काठमाडौं महानगरलाई पत्राचार गरेको थियो ।

त्यसविरुद्ध महानगर उच्च अदालत पाटन पुगेको थियो । उच्चले फुटपाथ निर्माणको अधिकार महानगरकै भएको भन्दै सडक विभागको पत्र कार्यान्वयन नगर्न आदेश गरेसँगै सोमबारदेखि महानगरले पुनः फुटपाथ निर्माणको काम थालेको थियो ।

शुक्रबार भने स्थानीय र नगरप्रहरीबीच झडप भएको हो । नगरप्रहरी र स्थानीयबीच झडप भएपछि प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro