site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लगातारको वर्षासँगै काठमाडौंको वायु ‘स्वस्थकर’, सबैभन्दा सफा हेटौँडा
फाइल तस्बिर ।

काठमाडौं । लगातार वर्षासँगै काठमाडौं उपत्यकाको वायु ‘स्वस्थकर’ बनेको छ । वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स) ४४ भन्दा कम छ ।

एक्यूआई सबैभन्दा कम रत्नपार्कमा १२ छ । यस्तै, ललितपुरको खुमलटारमा २५, शंखपार्कमा ३२ र भक्तपुरमा ४४ छ । विभागका अनुसार सबैभन्दा कम एक्यूआई मकवनपुरको हेटौँडामा चार रेकर्ड भएको छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दा माथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतको मात्रालाई बुझाउँछ ।

काठमाडौंमा फागुनदेखि वैशाख अन्तिमसम्म अधिकतम एक्यूआई ३०० सम्म पुगेको विभागको रेकर्ड छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro