site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजार खुलेको एक घण्टामा तीन अर्ब ४० करोडको सेयर कारोबार

काठमाडौं । पछिल्ला दिनहरूमा सेयर लगानीकर्ताहरू उत्साहित देखिएका छन् । नयाँ सरकार गठन भएसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । पछिल्ला दिनमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि उच्च रूपले बढ्दै गएको छ ।

बुधबार बजार खुलेको एक घण्टामै तीन अर्ब ४० करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहान ११ बजे खुलेको बजारमा मध्याह्न १२ बज्दासम्म ३३ अंक बढेको छ ।  

एक घण्टाको अवधिमा १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयर मूल्य एक घण्टाको अवधिमा ९.९५ प्रतिशतले वृद्धि भएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro