site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फैसलादरमा उच्च अदालत पाटनको कीर्तिमानी, जान थाले सर्वोच्चभन्दा धेरै रिट

काठमाडौँ । उच्च अदालत पाटनमा सर्वोच्च अदालतभन्दा धेरै सार्वजनिक सरोकारका रिट जान थालेका छन् । सर्वोच्चमा पालो ढिलो आउने र फैसला पनि ढिलो हुने अवस्था भएपछि रिटको चाप उच्च अदालत पाटनतर्फ सरेको हो । 

उच्च अदालत पाटनमा गत आर्थिक वर्षमा मात्र तीन हजार ८०४ रिट परेका छन् । सोही अवधिमा सर्वोच्च अदालतमा एक हजार ६०३ मात्र रिट परेका छन् । उच्च अदालतले गत आर्थिक वर्षमा तीन हजार १३ रिटमा फैसला गरेको छ । उता सर्वोच्चमा एक हजार ६३५ रिटमा मात्र सुनुवाइ भएको छ । उच्च अदालतमा ७९१ रिट तथा सर्वोच्चमा चार हजार ९५१ रिटमा फैसला हुन बाँकी छ । 

उच्च अदालत पाटनले पुराना मुद्दा घटाउनेमा पनि कीर्तिमानी कायम गरेको छ । अहिले उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा २१ वटामात्र बाँकी छन् । गत वर्षसम्म ०७४ सालदेखिका मुद्दा बाँकी रहेकामा यस वर्ष पुराना मुद्दा फर्स्योटलाई अभियानका रूपमा अघि बढाउँदा यो उपलब्धि हासिल भएको उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले जानकारी दिए । 

Nirpa-Dhwoj-Niraula-1721142818.jpg
 

“हामीले पुराना मुद्दा व्यवस्थापनका लागि अभियान फाँट बनाएका छैनौँ, डेडिकेटेट इजलास पनि तोकेको छैनौँ,” निरौलाले भने, “तर, पुराना मुद्दा घटाउने देशव्यापी अभियान हामीले पनि चलाउँदा दुई वर्ष नाघको  मुद्दा अब २१ मात्र बाँकी छन् । सम्भवतः असोज  मसान्तभित्र यो संख्या शून्यमा झर्ने छ ।”

उनले राजस्वसम्बन्धी एउटै मुद्दा ४५ दिन लगाएर फैसला भएको तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा ४० दिन सुनुवाइ गरेर फैसला भएको पनि जानकारी दिए ।

उच्च अदालतले नियमित बुलेटिन प्रकाशित गर्न लागेको, महत्त्वपूर्ण फैसला प्रकाशित गर्न लागेको तथा प्रविधिमैत्री बनाउँदै फैसलालाई समयमै गर्ने र पूर्णपाठ पनि कानुनले तोकेकै अवधिमा तयार पार्ने गरी काम अघि बढाएको उनले बताए ।

मुख्य न्यायाधीश निरौलाले उच्च अदालत पाटनबाट फैसला भएर लेख्न बाँकी रहेका सबै मुद्दाको पूर्णपाठ असोज  मसान्तभित्र तयार हुने पनि जानकारी दिए ।

उच्च अदालत पाटनले देशभरका सबै उच्च अदालतको ५० प्रतिशत मुद्दाको भार पाएकोमा ७८ प्रतिशत फैसला भइसकेको तथ्यांकसहितको कार्यपत्र उच्च अदालत पाटनका रजिस्ट्रार मानबहादुर कार्कीले प्रस्तुत गरेका थिए । उच्च अदालतमा २० हजार ८६४ मुद्दाका लगत रहेकामा १५ हजार ८२७ मुद्दामा फैसला भएको छ ।

अब पुराना मुद्दा पाँच हजार ३७ मात्र बाँकी छन् । उच्च अदालतको समग्र फैसलादर ४०.७२ प्रतिशत रहेकामा उच्च अदालत पाटनले ७८ प्रतिशत पुर्‍याएर कीर्तिमानी कायम गरेको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro