site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘हुन्डाई फेटिबल डिलाइट २०८०’ अफरको विजेता घोषणा

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेटिबल डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ । उक्त अफरअनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका निम्ति निःशुल्क बिमा तथा सडक कर छुट पाएका छन् ।

यस्तै, स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ‘ड्र’मार्पmत एकजनालाई हुन्डाई ‘एक्स्टर’ जित्ने मौका थियो ।

सोमबार उक्त अफरको लक्की ‘ड्र’ सार्वजनिक गरियो । लक्की ‘ड्र’मार्फत सुनसरीका ईन्द्रप्रसाद गुरागाईं – कुपन नम्बर–५३ ले ‘एक्स्टर’ जिते । उनले झापाको बिर्तामोडस्थित अलायन्स मोटर्स प्रालिबाट गाडी किनेका थिए ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro