site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णाली राजमार्ग पुनः अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

मुगु, । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटका गगनेखोला, यासमोड, बिर्तामोड, झाम्लामोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूलठूला ढुंगा झरेपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार, सडक खुलाउने कार्य भइरहेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो । रासस
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro