site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पको हत्या प्रयास : सेक्रेट सर्भिसमाथि प्रश्न 

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासपश्चात् अमेरिकी सेक्रेट सर्भिसमाथि समेत प्रश्न उठाइएको छ ।

शनिबार पेन्सिलभानियामा चुनावी र्‍यालीमा भाग लिइरहेका बेला उनको कानमा गोली लागेको थियो । एक इन्च मात्र फरक परेको भए उक्त गोली उनको टाउकोमा लाग्न सक्ने अवस्था देखिएको छ ।

कार्यक्रमस्थलअगाडिको घरमा हतियार लिएर सुटर कसरी पुग्यो र किन त्यतातर्फ सेक्रेट सर्भिसले ध्यान दिएन भनेर अमेरिकामा आम रूपमा प्रश्न गरिएको छ ।

यही विषयमा अमेरिकी तल्लो सदनको ओभरसाइट कमिटीले सेक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिएटललाई बयानका निम्ति यही जुलाई २२ मा बोलाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एफबीआईका स्पेसल एजेन्ट केभिन रोजेकले पनि सेक्रेट सर्भिसले कारबाही गर्नुअघि पूर्वराष्ट्रपतिलाई २० वर्षीय युवकले गोली प्रहार गर्नुलाई आश्चर्यका रूपमा लिएका थिए ।

उक्त मामिलाबारे एफबीआई, सेक्रेट सर्भिस र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अनुसन्धान गरिरहेका बताइएको छ ।

संसद्को ओभरसाइट कमिटीले जारी गरेको वक्तव्यमा भनिएको छ, “पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयासका बारेमा अमेरिकनले जवाफ मागिरहेका छन् ।”

अमेरिकाको सेक्रेट सर्भिसले राष्ट्रपति, उपराष्ट्रपति, उनीहरूका परिवार, ह्वाइट हाउस, उपराष्ट्रपतिको निवास, भ्रमणमा आएका विदेशी राष्ट्राध्यक्ष, अमेरिकी पूर्वराष्ट्रपति दम्पती र राष्ट्रिय महत्त्वका कार्यक्रमको स्ुरक्षालाई हेर्ने गरेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro