site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भोटेकोसी र इन्द्रावतीमा बाढी
फाइल तस्बिर । 

काठमाडौं । भोटेकोसी नदीले सतर्कता तह पार गरेको छ । सिन्धुपालचोकस्थित भोटेकोसी नदी, बाह्रविसे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जससतह बढ्दो क्रममा रहेकाले उक्त नदीको तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

इन्द्रावती यांग्री नदीमा पनि बाढी आएको छ । जल मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको र थप बढ्नसक्ने सम्भावना रहेको विभागले बताएको छ । 

तल्लो नदी तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सावधानी अपनाउन विभागले सचेत गराएको छ । 

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro