site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्याङ्जामा कुवामा डुबेर दिदीबहिनीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

स्याङ्जा । स्याङ्जामा आइतबार पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४, रामकोष स्वाँरास्थित कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए ।

लक्ष्मी कक्षा–९ र उनकी बहिनी सुस्मिता कक्षा–५ मा अध्ययनरत थिए । घरदेखि करिब ५०० मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुन गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रवक्ता रानाले बताए । रासस

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro