site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गोलीकाण्डका प्रत्यक्षदर्शीले भने– अगाडिको घरमा राइफल बोकेको मानिस कुहिनो टेकेर घस्रिदै थियो

पेन्सिलभानिया । अमेरिकाको पेन्सिलभानियामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा प्रत्यक्षदर्शीहरूले विभिन्न धारणा राखेका छन् ।

र्‍यालीस्थलभन्दा बाहिर रहेका ग्रेगले बीबीसीलाई बताएअनुसार गोलीको आवाज आउनुभन्दा केही मिनेट पहिला मञ्चको सामुन्नेको भवनको छतमा एक व्यक्ति कुहिनो टेकेर अगाडि घस्रिदै गरेको देखिएको थियो । उनले भनेका छन्, “मैले प्रहरीलाई देखाएर उसले राइफल पनि लिएको जानकारी दिएको थिएँ ।”

सो भवन बटलरमा र्‍याली स्थलभन्दा ठीक बाहिर छ ।

ग्रेगले भने, “प्रहरीलाई यो बताएर पनि ट्रम्पले आफ्नो भाषण किन जारी राखे । सेक्रेट सर्भिसले किन उनलाई स्टेजबाट बाहिर निकालेन । म यो सोचिरहेको थिएँ । त्यही बेला पाँचपटक गोली चलेको आवाज आयो ।” 

गोली चल्नासाथ सेक्रेट सर्भिसका मानिसले ट्रम्पलाई घेरेका थिए । त्यसपछि उनलाई निकालेर लिएर गएका थिए । उनलाई बाहिर लिएर जाँदा ट्रम्पको अनुहारमा रगत देखिएको थियो । ट्रम्पले पछि भनेका थिए, “गोली उनको कान छोएर  निस्केको थियो ।”

अधिकारीहरूका अनुसार गोली चलाउने व्यक्ति मारिएको छ । ग्रेगले सेक्रेट सर्भिसका मानिसले उसलाई मार्दै गरेको आफूले देखेको बताए । उनले र्‍याली स्थलबाहिर आफू ट्रम्पको भाषण सुनिरहेको बताउँदै भाषण सुरु भएको पाँच मिनेटपछि आफूले सो बन्दुकधारी देखेको जनाएका छन् ।

बन्दुकधारी भएको भवनको तल प्रहरी रहेको जनाउँदै उनले अधिकारीहरूलाई सो बन्दुकधारीको बारेमा तीनदेखि चार मिनेटसम्म बताएको जनाएका छन् ।

इमर्जेन्सी डिपार्टमेन्टका चिकित्सकले सीबीएसलाई बताएअनुसार उनले एक व्यक्तिको उपचार गरेका थिए जसको टाउकोमा गोली लागेको थियो । “त्यहाँका मानिस यताउता कुदिरहेका थिए । मलाई लाग्यो कि पटाका पड्किरहेको छ । मैले सुने कोही चिच्याइरहेको थियो–उसले गोली हान्यो, गोली हान्यो” चिकित्सकको भनाइ थियो ।

त्यहाँ मानिस यताउता दौडेको र बेन्चमा अल्झिरहेको समेत उनले बताए । त्यहाँ रगत धेरै देखिएको समेत उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति ट्रम्पले घटनाबारे सामाजिक सञ्जालमा भनेका थिए, “एक सरसराहटको आवाज आयो । त्यसपछि गोलीको आवाज सुनेर मैले तुरुन्तै बुझेँ कि केही गलत भयो । तत्कालै गोली मेरो छालामा छोएर निस्क्यो ।”

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro