site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको आपत्ति
फाइल तस्बिर ।

सियोल । उत्तर कोरियाले हालै सम्पन्न नाटो शिखर सम्मेलनमा प्योङयाङले रुसमा हतियार निर्यात गर्ने गरेको आरोपको कडा निन्दा गरेको राज्यको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएको छ । 

यस हप्ता सम्पन्न सम्मेलनको संयुक्त घोषणामा नाटो नेताहरूले मस्कोलाई प्रत्यक्ष सैन्य समर्थन प्रदान गरेर युक्रेन र रुसको युद्धलाई बढावा दिएको भन्दै उत्तर कोरियाको निन्दा गरेका थिए ।

प्योङयाङले मस्कोमा हतियार ढुवानी गरिरहेको आरोपलाई बारम्बार अस्वीकार गरेको छ । तर, गएको जुनमा आक्रमणको समयमा एकार्कालाई सैन्य सहायतामा प्रदान गर्ने सम्झौतामा नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका थिए ।

विदेश मन्त्रालयले नाटोको उक्त आरोप अस्वीकार गर्दै कडा रूपले प्रतिकार गरेको प्योङयाङको कोरियन केन्द्रीय समाचार समितिले शनिबार जनाएको छ ।

मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै समितिले उक्त घोषणाले ‘विश्वव्यापीस्तरमा नयाँ शीतयुद्ध र सैन्य द्वन्द्वलाई उक्साउने’ उल्लेख गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro