site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तरी र सिरहामा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । सप्तरी र सिरहाका केही स्थानमा शुक्रबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो दुई घण्टामा सप्तरीका रूपनी र कल्याणपुर, सिरहाको दोधाना र आसपास भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना छ । सप्तरी र सिरहा भई बहने खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

“असार २८, बिहान १० बजे । पछिल्लो दुई घण्टामा सप्तरीको रूपनी, कल्याणपुर, सिरहाको दोधाना र आसपास भारी वर्षा भएको र थप हुन सक्ने देखिएको, खाँडो, चकाहा, माहुली, बालन, खुट्टीलगायत सिरहा र सप्तरी भई बहने स–साना खोलामा आकस्मिक बाढी हुनसक्छ । दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro