site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एसिया प्रशान्त क्षेत्रमा अस्थिरता नल्याउन चीनको आग्रह

वासिङटन । उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को शिखर बैठकमा चारवटा इन्डो प्यासिफिक राष्ट्र पनि सहभागी भएका छन् । जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड र अस्ट्रेलिया नेटोको सदस्य नभए पनि शिखर बैठकमा सहभागी भएका हुन् ।

ती चार मुलुकका तर्फबाट संयुक्त वक्तव्य जारी गरी रसिया र उत्तर कोरियाबीचको अवैध सैन्य सहयोगको निन्दा गरिएको छ ।
 
यसैबीच, चीनले युक्रेनको युद्धको क्रममा रसियालाई सहयोग गरिरहेको नेटोको हालैको शिखर बैठकले बताएकोमा त्यसको खण्डन गरेको छ । 

चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेटोको उक्त भनाइलाई ‘मनगढन्ते कुरा’ भन्दै आफ्नो देशलाई बदनाम नगर्न आग्रह गरेका छन् ।

एसिया प्रशान्त क्षेत्रका मुलुक पनि नेटोको बैठकमा सहभागी भएको प्रसंगतर्फ संकेत गर्दै उनले नेटोलाई युरोपमा जस्तै एसिया प्यासिफिक क्षेत्रमा अस्थिरता नल्याउन आग्रह गरेका छन् । एपी

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro