site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छुट सम्झौता भएको छ ।

काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजमा सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशभर फैलिएका १९४ शाखा कार्यालय, १५७ वटा एटीएम, तीन विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro