site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्थगित गरेको छ । सार्वजनिक लेखा समितिले मंगलबार बोर्डलाई यो कम्पनीको आईपीओप्रति उठेका विषय स्पष्ट पार्न पत्र पठाएपछि अर्काे निर्णय नभएसम्म बोर्डले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई भोलि (असार २७) गतेबाट आईपीओ निष्कासन गर्न लागेको थियो । 

कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गर्न लागेको थियो ।

लेखा समितिले सात दिनभित्र रिलायन्सको आईपीओका विषयमा स्पष्ट पार्न भनेको छ । समितिलाई जवाफ पठाएपछि मात्र प्रक्रिया अगाडि बढ्ने धितोपत्र बोर्ड स्रोतको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro