site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा एक युवकको हत्या, दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

विराटनगर । मोरङको विराटनगरस्थित नेपाल टेलिकमको कार्यालयनजिक एक युवकको हत्या गरिएको छ । सोमबार रातिको उक्त घटनामा दुईजना घाइते छन् ।

मोरङको कटहरी गाउँपालिका–१, जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा तीनजना घाइते भएका थिए । तीनमध्ये कोसी अस्पतालमा उपचारका क्रममा कामतको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एवं एसपी नवराज कार्कीले जानकारी दिए ।

मृतकको छाती र कम्मरमा धारिलो हतियारले रोपेजस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

कटहरीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूमाथि धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको एसपी कार्कीले बताए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro