site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध
फाइल तस्बिर ।

मान्म (कालीकोट) । वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोलामा गएको  पहिरो अझै पन्छाउन सकिएको छैन ।

यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । “केही ठाउँमा घर भत्किएको खबर आएको छ,” उनले भने, “बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।” रासस 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro