site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फ्रान्सको चुनाव परिणामपछि युरोमा गिरावट

पेरिस । फ्रान्समा भएको संसद्को निर्वाचनको परिणामपछि युरोमा गिरावट आएको छ । 

सो निर्वाचनको मत परिणामअनुसार बामपन्थी गठबन्धन न्यू पपुलर पार्टीले १८२ स्थानमा विजय हासिल गरेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोको मध्यमार्गी पार्टी दोस्रो स्थानमा आएको छ । दक्षिणपन्थी नेसनल र्याली तेस्रो स्थानमा छ । 

नतिजा आएपछि बजारमा उथलपुथल भइरहेको जनाइएको छ । युरोको मूल्यमा शून्य दशमलव दुई प्रतिशत गिरावट आएको र अब यो एक दशमलव शून्य आठ डलर भएको छ । लगानीकर्ताहरू देशमा राजनीतिक गतिरोधलाई लिएर चिन्तित भएका छन् ।

विश्लेषकहरूका अनुसार सबैभन्दा बढी सिट जित्ने वामपन्थी समूहले राष्ट्रपति म्याक्रोको सुधारवादी एजेन्डालाई अघि बढाउने छैन । बीबीसी

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro