site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते
फाइल तस्बिर ।

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । बाघको आक्रमणबाट तुलसीपुर–९, वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

सोमबार (आज) बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो ।

केसीका दुवै हातमा सामान्य चोट लागेको छ । सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro