site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णाली नदी सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । कैलालीमा कर्णाली नदीको जलसतह सतर्कता तह पार भएको छ । आइतबार साँझ कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त स्थानमा जलसतह बढ्दो क्रममा रहेको भन्दै विभागले कैलाली र बर्दियामा भोलि बिहानसम्म सतर्कता अपनाउन सचेत गराएको छ ।

“असार २३, साँझ ०६ः५० बजे । कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा हाल जलसतह (१०मि) सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले कैलाली र बर्दियाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले भोलि बिहानसम्म सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

विभागले यसअघि बर्दियामा बबई नदीको जलसतह सतर्कता तह पार भएको जानकारी गराएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro