site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दियामा बबईको सतर्कता तह पार
दाङको दंगीशरण गाउँपालिका–१, रहरपुर र दंगीशरण–४, बैबाङ जोड्ने बबई नदीमाथि निर्मित झोलुंगे पुलको पिलर बाढीले बगाएपछिको दृश्य । पुलमा क्षतिसँगै आवतजावत बन्द छ । तस्बिर : नारायणी रजौरे/रासस

काठमाडौं । बर्दियामा बबई नदीको जलसतह सतर्कता तह पार भएको छ । आइतबार अपराह्न बबई नदी चेपाङ जलमापन केन्द्रमा सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त स्थानमा जलसतह बढ्दो क्रममा रहेको भन्दै विभागले आज साँझसम्म सतर्कता अपनाउन सचेत गराएको छ ।

“असार २३, दिउँसो ०४ः१० बजे । बर्दिया जिल्लास्थित बबई नदी चेपाङ जलमापन केन्द्रमा हालको जलसतह (५.६ मि), सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले आज साँझसम्म सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

यस्तै, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुराका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको विभागले जनाएको छ । आज रातिसम्म उच्च सतर्कताका अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro