site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हराएकी पत्नी खोज्दै हिँडेका पतिले अजिंगर काटे, पेटमा भेटियो शव

जकार्ता । इन्डोनेसियामा एक अजिंगरको पेटभित्र महिला मृतावस्थामा भेटिएकी छन् । यो घटना दक्षिणी सुलाबेसी प्रान्तको सितेबा गाउँको हो ।

इन्डोनेसियाली प्रहरीका अनुसार, गएको मंगलबार सिरियाती नामकी ३६ वर्षीया महिला आफ्नो सन्तानका निम्ति औषधि लिन घरबाट निस्केकी थिइन् । तर, फर्केर आइनन् ।

पछि उनका पति आदियांसाले अधिकारीलाई बताए कि गाउँमा आफ्नो घरको ५०० मिटरको दूरीमा उनले सिरियातीका चप्पल र कपडा भेटेका छन् ।

स्थानीय प्रहरी प्रमुख इदुलका अनुसार, आदियांसाले एक जिउँदो अजिंगर भेटे र त्यसको टाउको छिनाले ।

अजिंगरको फुलेको पेट देखेर उनलाई शंका लागेको थियो । उनले अजिंगरको पेट पनि काटे । पेटभित्र उनले आफ्नी पत्नीको शव देखे ।

यसअघि, गएको जुनको सुरुमा पनि दक्षिणी सुलावेसीको अर्को जिल्लामा पाँच मिटर लामो अजिंगरले एक महिलालाई निलेको थियो ।

अजिंगरले फेरि आक्रमण गर्न सक्ने भएकाले सबैको साथमा एउटा चक्कु राख्न प्रहरीले स्थानीय बासिन्दालाई सुझाव दिएको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro