site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तकोसीका ४१ ढोका खोलिए
फाइल तस्बिर ।

धरान (सुनसरी) । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ । आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

भारी देखि अति भारीसम्म वर्षा हुने, यस्तो छ २४ घण्टाको पूर्वानुमान 

सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro