site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेमा खोलाले बगाउँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजालमगर र उनकी भदैनी पाँच वर्षीया सेतीमाया रुजालमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोला तर्ने क्रममा दुवैलाई बगाएको र खोजी गर्दा करिब ९०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । रासस

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro