site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९, डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् । बाढीले तीन घर बगाएको छ ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीमा परी रोल्वालिङ पदमार्ग डोडाङमा होटेल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि डोडाङमा होटेल व्यवसाय गर्दै आएकी थिइन् । रासस

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro