site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जुलाई महिनाभर साओमीको अफर, रेड्मी नोट १३ सिरिजका फोनमा चार हजारसम्म छुट

काठमाडौं । साओमीले नेपालमा जुलाई ज्याकपट अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत रेड्मी नोट १३ सिरिजका मोडेलमा चार हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो छुट योजना रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जीमा लागु हुनेछ ।जुलाई १ देखि ३१ सम्म साओमीका नेपालभरका रिटेल आउटलेटर आधिकारिक मी स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अफरले  इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोन अझ धेरै मानिसका लागि उपलब्ध गराउने लक्ष्य राखेको बताए ।

कुन फोनमा कति छुट ?
रेड्मी नोट १३ को ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २४ हजार ९९९ रहेकोमा अफर अवधिभर २३ हजार ९९९ मामिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको २६ हजार ९९९ रुपैयाँको फोन २६ हजार ९९९ मा मिल्ने कम्पनीले जनाएको छ ।

रेड्मी नोट १३प्रो को आठ जीबी र्‍याम र २५६ स्टोरेज रहेको फोनको मूल्य ३४ हजार ९९९ रहेकोमा अफर अवधिभर ३२ हजार ९९९ मा मिल्नेछ ।

यस्तै, १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको ३९ हजार ९९ रुपैयाँको फोन ३५ हजार ९९९ रुपैयाँमिल्ने कम्पनीले जनाएको छ ।

रेड्मी नोट १३ प्रोप्लस ५जीको आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको फोनको मूल्य ४७ हजार ९९९ रहेकोमा अफर अवधिभर ४५ हजार ९९९ मामिल्ने साओमीले जनाएको छ ।

यसको १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ५२ हजार ९९९ रहेकोमा जुलाई महिनाभर ५० हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro