site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकको शाखा स्याङ्जाको वालिङमा

काठमाडौं । सिटिजन्स बैंकले स्याङ्जाको वालिङमा आफ्नो १९४औँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा बैंकका शाखाको संख्या १५ पुगेको छ ।

वालिङमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन स्याङ्जा जिल्लामा पहिलोपटक सेवा सुरु गरेको बताए ।

शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो ।

सुविधा सम्पन्न शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवादेखि साना तथा कर्पोरट व्यवसायी माझ वित्तीय पहुँच पुर्‍याउने बैंकको लक्ष्य छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro