site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, ती जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ ।

यस्तै, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी र कैलाली भई बहने साना नदीमा समेत बहाव बढ्नेछ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

देशभरका अधिकांश नदीमा भोलिदेखि बहाव बढ्ने महाशाखाको अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह पनि उल्लेख्य बढ्दो हुनेछ । वाग्मती, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत उल्लेख्य बढ्दो हुने महाशाखाको अनुमान छ ।

k1-1720150365.JPG

k2-1720150365.JPG

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro