site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
७३ जिल्लामा फैलियो डेंगी, जुनमा थपिए हालसम्मकै धेरै संक्रमित 

काठमाडौं । सन् २०२४ मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता जुलाई ३ सम्म देशभर एक हजार ४३२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् । त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सयभन्दा कम थियो । जुलाईका तीन दिनमा मात्रै २३ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।  

जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १५९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

यस्तै, झापामा १२० जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ८३, मकवानपुरमा ६५ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro