site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
११ महिनामा ३८३ उद्योगमा दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नयाँ उद्योगमा कुल दुई खर्ब १७ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ । 

उद्योग विभागका अनुसार २०८० साउनदेखि २०८१ जेठसम्मको अवधिमा दर्ता भएका ३८३ उद्योगमा उक्त लगानी प्रस्ताव आएको हो । २०८० जेठ महिनामा मात्र ३६.२० अर्ब रुपैयाँको लगानी प्रस्ताव स्वीकृत भएको विभागले जनाएको छ । 

बितेका ११ महिनामा दर्ता भएका उद्योगमा ४९ वटा ठूला, ५० वटा मझौला र २८४ वटा साना उद्योग रहेका छन् । दर्ता भएका उद्योगमा २६ हजार २७ जनालाई रोजगारी प्रस्ताव गरिएको छ । 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा उद्योगमा ४४.३४ अर्ब रुपैयाँको विदेशी लगानी प्रस्ताव आएको छ । जेठ महिनामा मात्र ३.०१५ अर्ब रुपैयाँको विदेशी लगानी प्रस्ताव स्वीकृत भएको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro