site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
होन्डाले सुरु गर्‍यो मनसुन सर्भिस क्याम्प : नि:शुल्क परीक्षण, मर्मत सम्भारमा छुट

काठमाडौं । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ ।

असार १७ गतेदेखि २१ गतेसम्म धोविघाटस्थित होन्डा सोरुममा क्याम्प सञ्चालन हुने कम्पनीले जनाएको छ ।

पाँच दिनसम्म चल्ने क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण नि:शुल्करूपमा गराउन पाउनेछन् ।

यस्तै, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा पाँच प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

यसका साथै डेन्टपेन्टमा १५ प्रतिशत र एसी रिफिलमा ५० प्रतिशत छुट मिल्ने स्याकार ट्रेडिङले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro