site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महिन्द्राले भित्र्यायो पहिलो ईभी, यस्तो छ एक्सयूभी ४००

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा महिन्द्रा एक्सयूभी ४०० सार्वजनिक गरेको छ ।

यससँगै एक्सयूभी ४०० नेपालको लागि महिन्द्राको पहिलो विद्युतीय एसयूभी (ईभी) भएको छ । एक्सयूभी ४०० चौथो सदस्यको रूपमा ट्विन पिक्स परिवारमा सामेल भएको कम्पनीले जनाएको छ ।

यो गाडीले  प्रदर्शन, स्टाइलिस र प्राविधिक रूपमा उन्नत एसयूभी प्रदान गर्न महिन्द्राको समर्पणलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।

यस्तो छ गाडी
स्ट्यान्डआउट एक्सयूभी ४०० ईएल प्रो भेरियन्टमा ३९.४ किलोवाटआवरको ब्याट्री छ । यसमा रहेको मोटरको अधिकतम पावर ११० किलोवाट छ भने, ३१० एनएम टर्क छ ।

सिंगल–पेडल र कुसल ड्राइभिङ अनुभव दाबी गरिएको गाडी नेपाली बजारका लागि विशेष हुने कम्पनीको भनाइ छ । गाडीको ब्याट्री र मोटरमा तीन वर्ष वा आठ वर्षको स्ट्यान्ड्राड वारेन्टी छ ।

नेपालमा एक्सयूभी ४०० को बुकिङ सुरु भइसकेको कम्पनीले जनाएको छ । गाडीको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ ।

महिन्द्राको इन्टरनेसनल ओपेरसनसका हेड सचिन अरोलकरले एक्सयूभी ४०० सार्वजनिक गर्न पाएको खुसी व्यक्त गरेका छन् ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले प्रतिस्पर्धात्मक मूल्यमा उत्कृष्ट प्रदर्शन, डिजाइन, स्पेस र प्रविधिसहितको एक्सयूभी ४०० मिल्ने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro