site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता छैन : सीआईबी

काठमाडौं । ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले ६० किलो सुन तस्करीमा महरा र दिपेशको संलग्न नभएको जानकारी गराएका हुन् ।

“६० किलो सुन तस्करीको अनुसन्धानमा कृष्णबहादुर महरा र दिपेश पुनको संलग्न भेटिएन । भेप प्रकरणको अनुसन्धान अझै जारी छ,” एआईजी ज्ञवालीले भने । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro