site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फ्रान्समा दक्षिणपन्थी अगाडि, नेत्री भन्छिन्– राष्ट्रपतिको समूह सकियो

पेरिस । फ्रान्सको संसदीय चुनावमा दक्षिणपन्थी दल नेसनल र्‍यालीलाई पहिलो चरणमा अग्रस्थान प्राप्त भएको छ । योसँगै फ्रान्सको राजनीतिमा उसको दबदबालाई बढाउँदै सत्ताको नजिक पुर्‍याएको छ ।

प्रवासीविरोधी नेसनल र्‍यालीका नेता मरिन ले पेनले राष्ट्रपति इम्यानुअल म्याक्रोँको समूह पूरै समाप्त भएको र आफ्ना कार्यकर्ता खुसीले झुमेको बताएकी छन् ।

उनको पार्टी ३३ प्रतिशत मतका साथ अग्रस्थानमा छ । समग्र वामपन्थी गठबन्धनले २८.१ प्रतिशत मत पाएको छ । राष्ट्रपति म्याक्रोँको समूहले २१ प्रतिशत मत ल्याएको छ ।

नेसनल र्‍यालीका अर्का २८ वर्षीय नेता जोर्डन बार्डेलाले भनेका छन्, “यदि, फ्रान्सका मानिसले मलाई मत दिन्छन् भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु ।”

फ्रान्सको राष्ट्रिय चुनावमा यसअघि कहिल्यै दक्षिणपन्थी पार्टीले पहिलो स्थान हासिल गरेको थिएन । मरिन ले पेन र जोर्डन बार्डेला फ्रान्सको ५७७ सदस्यीय संसद् नेसनल एसेम्बलीमा २८९ सिटका साथ बहुमत हासिल गर्न चाहन्छन् ।

दोस्रो चरणको निर्वाचनपछि नेसनल र्‍यालीको सपना पूरा हुने अवस्था भने देखिएको छैन । फ्रान्समा कसैको पनि बहुमत नभएको त्रिशंकु अवस्था आउने देखिएको छ । यसले नेसनल र्‍यालीले भनेजस्तै ट्याक्स कटौती र प्रवासीबारे आफ्नो कानुनी एजेन्डा लागु गर्न पाउने अवस्था छैन ।

राष्ट्रपति म्याक्रोँसामु चुनावको घोषणा गर्नुपर्नाको खास कुनै कारण थिएन । युरोपेली चुनावमा नेसनल र्‍यालीलाई मिलेको जितपछि उनले भनेका थिए, “बहुत जवाफदेही समाधान छ । अब यो यस्तो जुवा साबित हुनेछ, जसले राजनीतिक उलटफेर गर्न सक्छ ।”

यसपालिको चुनावमा सन् १९९७ पछि मतदानमा ज्यादा प्रतिशत मत खसेको जनाइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro