site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी क्षेत्रमा आकस्मिक बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
झापास्थित रतुवा नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीमा आज आकस्मिक बाढीको सम्भावना छ । ती साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, तनहँ, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, बाँके र बर्दिया भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने सम्भावना छ । त्यससँगै आकस्मिक बाढीको जोखिम रहने भन्दै महाशाखाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

यस्तै, इलाम, तेहथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरा भई बहने साना नदीमा बहाव बढ्ने अनुमान छ ।

महाशाखाका अनुसार, अबका तीन दिन कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुनेछ । वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह पनि उल्लेख्य बढ्दो हुने अनुमान छ ।

b1-1719730383.JPGb2-1719730398.JPG
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro