site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बारामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । बारामा शनिबार भारी वर्षा भएको छ । अमलेखगन्ज, कलैया वर्षा मापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ती क्षेत्रमा थप वर्षाको सम्भावना छ । पासाङ, दुधौरा, लालबकैयालगायत अरू साना खोलामा बहाव बढ्नेछ । खोलानदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“असार १५, राति ९ः१० । पछिल्लो तीन घण्टामा बाराको अमलेखगन्ज, कलैया वर्षा मापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने पासाङ, दुधौरा र लालबकैयालगायत अन्य साना खोलाको बहाव बढ्ने, तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro