site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई सिटिजन्स बैंकको २० वटा पंखा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कैलालीको अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई २० वटा पंखा सहयोगस्वरूप उपलब्ध गराएको छ ।

यो विद्यालय शारीरिकरूपमा अपांगता भएका बालबालिकालाई आवासीयरूपमा राखेर अध्यापन गराउने सुदूरपश्चिमको एक मात्र विद्यालय हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई यो सहयोग प्रदान गरेको जनाएको छ ।

गर्मीको कारण अशक्त बालबालिकाको पठनपाठन र दिनचर्यामा असर परेकाले गर्मीको असरलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने मनसायले विद्यालयलाई पंखा सहयोग गरेको बैंकको भनाइ छ । 

यस कार्यबाट विद्यार्थीहरूको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro