site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रसूति गृहमा पहिलोपटक ‘सिमुलेसन ल्याब’ सञ्चालन गरिँदै

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पहिलोपटक सिमुलेसन ल्याब सञ्चालन गरिने भएको छ । प्रसूतिसम्बन्धी सम्पूर्ण अभ्यासका यस्तो प्रयोगशाला (स्किल ल्याब) सञ्चालन गर्न लागिएको हो । 

ल्याब प्रसूति अस्पतालको नयाँ भवन कुपण्डोलको नवनिर्मित भवनको चौथो तलामा रहनेछ । अस्पताल निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार सिमुलेसन ल्याबमा विद्यार्थी तथा स्वास्थ्यकर्मीले प्रसूतिसम्बन्धी सम्पूर्ण प्रक्रियाको प्राक्टिकल गर्नेछन् । 

“ल्याबमा डमी आमा राखिन्छ, नर्मल र शल्यक्रियाबाट गराउने डेलिभरीको सबै प्राक्टिकल त्यहीँबाट गराइन्छ,” उनले भने । 

अस्पतालमा अहिले प्रसूतिसम्बन्धी प्राक्टिकल मिनी ल्याबहरूमा सीमित सामग्रीहरूमा गराउने गरिएको छ । ल्याब सञ्चालनपछि सम्पूर्ण सामग्री तथा उपकरणसहित सीप र क्षमता विकास गर्न सहयोग हुने डा. अधिकारीको भनाइ छ । 

ल्याबमा सिकेका स्वास्थ्यकर्मीले प्रसूतिका क्रममा सिनियरहरूलाई सहयोग गर्नेछन् । कम्तीमा १० देखि २० वटा केसमा सहयोग गरेपछि उनीहरूले आफैँ प्रसूति गराउन पाउनेछन् । 

प्रसूति  अस्पतालको नर्सिङ क्याम्पसमा यो वर्ष मिडवाइफ र बीएस्सी नर्सिङ गरी ४० विद्यार्थी अध्ययनरत छन् । 
ल्याबको स्थापना तथा सञ्चालनमा वान हार्ट नेपालले आर्थिक सहयोग गरेको छ । हाल सरकारी अस्पतालतर्फ वीर अस्पतालमा मात्रै सिमुलेसन ल्याब छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro