site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उपराष्ट्रपति ह्यारिसको टिप्पणी– बाइडेनको प्रस्तुति सुरुमा ‘स्लो’, अन्तिममा ‘स्ट्रोङ’

वासिङटन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपतीय निर्वाचनको डिबेटमा राष्ट्रपति जो बाइडेनको प्रस्तुति सुरुमा सुस्त भए पनि अन्तिममा बलियो भएको टिप्पणी गरेकी छन् । अमेरिकामा नेपाली समयानुसार शुक्रबार बिहान बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच राष्ट्रपतीय निर्वाचनको डिबेट भएको थियो ।

त्यसबारे सीएनएनका एन्डर्सन कूपरसँग उनले भनेकी छन्, “हो, सुरुआत ‘स्लो’ थियो । तर, समापन ‘स्ट्रोङ’ भयो ।”

सुरुमा ‘स्लो’ रहेको र त्यो विषय सबैलाई प्रस्ट भएको उनले उल्लेख गरिन् । त्यसबारे आफूले विवाद गर्न नचाहेको उनले बताइन् ।

उपराष्ट्रपति ह्यारिसले ट्रम्पले फेरि ढाँटेको टिप्पणी गरिन् । जनवरी ६ को घटनालाई अस्वीकार नगरेको र २०२४ को राष्ट्रपति पदको निर्वाचनको परिणाम स्वीकार गर्ने विषयमा प्रस्ट जवाफ नदिएको उनले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro