site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेलम्ची नदीमा युवतीको शव फेला
फाइल तस्बिर

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिए । 

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग बुधबार काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२, चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडाैं  पठाइएको  तिमिल्सेना जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro