site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यी हुन् २०२४ मा बस्नयोग्य विश्वका ‘टप टेन’ सहर

काठमाडौं । सन् २०२४ मा संसारमा बस्नका निम्ति सबैभन्दा बढी योग्य सहरको सूचीको पहिलो नम्बरमा अस्ट्रियाको भियना परेको छ । द इकोनोमिस्टको भगिनीसंस्था इकोनोमिक इन्टेलिजेन्स युनिट (ईआईयू)ले बुधबार यस्तो सूची सार्वजनिक गरेको हो ।

सूची छनोटका क्रममा विश्वका १७३ सहरको अध्ययन गरिएको थियो । यसनिम्ति स्वास्थ्य सेवा, संस्कृति, वातावरण, स्थिरता, पूर्वाधार, शिक्षालगायत विषयको अध्ययनलाई आधार मानिएको थियो ।

उक्त सूचीको दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, त्यसपछि क्रमैसँग स्वीट्जरल्यान्डको जुरिच, अस्ट्रेलियाको मेलबर्न, क्यानडाको क्यालगोरी, स्वीट्जरल्यान्डको जेनेभा, अस्ट्रेलियाको सिड्नी, क्यानडाको भ्यान्कुभर,  जापानको ओसाका र न्युजिल्यान्डको अकल्यान्ड छन् ।

अमेरिकाका सहरहरूमा २३औँ नम्बरमा होनोलुलु छ । एटलान्टा २९औँ नम्बरमा छ । लस एन्जेल्स ५८औँ नम्बरमा छ । न्युयोर्क ७०औँ नम्बरमा छ ।

सूचीमा बेलायतको राजधानी लन्डन ४५औँ नम्बरमा छ । एसियाका सबैभन्दा बस्नयोग्य सहरमा हङकङ सूचीको ५०औँ नम्बरमा छ । हङकङ गत साल यो सूचीको ६१औँ नम्बरमा थियो ।

इजरायलको तेलअभिभ गत वर्षभन्दा २० अंकले तल झरेर ११२औँ स्थानमा छ । सबैभन्दा कम बस्नयोग्य सहरको सूचीमा सिरियाको दमास्कस छ ।  त्यसभन्दा माथि लिबियाको त्रिपोली, अल्जेरियाको अल्जियर्स र नाइजेरियाको लागोस छ । सीएनएनबाट ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro