site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीले एकै परिवारका चार जना बगायो : एकको मृत्यु, दुई बेपत्ता
प्रतीकात्मक तस्बिर ।

सुन्दरहरैँचा (मोरङ) । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलामा आएको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

आज दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एक जनाको मृत्यु भएको छ । फुदनी भनिने २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए ।

बढीले बगाएकामध्ये दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी र अन्दाजी २५ वर्षीया फुला चौधरी छन् । २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए । रासस

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro