site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एभरेस्ट इन्टरनेसनल मोडेल युनाइटेड नेसन्स २०२४ काठमाडौंमा

काठमाडौं । एभरेस्ट इन्टरनेसनल मोडेल युनाइटेड नेसन्स (ईआईएमयूएन) २०२४ को नवौँ संस्करण काठमाडौंमा सुरु भएको छ । सोमबारदेखि सुरु सम्मेलनमा १० देशका २०० भन्दा बढी युवा प्रतिनिधि सहभागी छन् ।

युथ थिंकर्स सोसाइटी (वाईटीएस)ले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा पाँचदिने सम्मेलन आयोजना गरेको हो । युवालाई मानवीय सुरक्षा संकट, साइबर खतरा, राजनीतिक क्षेत्रमा महिला सहभागिता, गलत डिजिटल सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापनजस्ता विश्वव्यापी समस्याको सामना र समाधान गर्न सशक्त बनाउने सम्मेलनको उद्देश्य छ ।

सम्मेलनले विभिन्न सांस्कृतिक पृष्ठभूमिका युवालाई गहन बहस र वार्तामा संलग्न गराएर उनीहरूको कूटनीतिक क्षमतालाई सुदृढ बनाउने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसँगै बंगलादेश, भारत, जापान, सुडान, कजाखस्तान, कीर्गिस्तान, म्यानमार, पाकिस्तान र श्रीलंकाका युवाको सहभागिता छ ।

यसक्रममा युवाले विभिन्न मुद्दामा तथ्यगत र नीतिस्तरको बहस गर्नेछन् । ती सुझाव र निष्कर्ष नेपाल सरकार, संयुक्त राष्ट्रसंघलगायत निकायमा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro