site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखराको बजेट सात अर्ब ५१ करोड

पोखरा । आगामी आर्थिक वर्षको लागि पोखरा महानगरपालिकाले सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याइएको बजेट नगरसभामा पेस गरेकी हुन् ।

बजेटको स्रोतमा संघीय सरकार अनुदानबाट चार अर्ब २० करोड २२ लाख रुपैयाँ, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ बेहोरिने उल्लेख छ । त्यसैगरी, संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ । महानगरले नगर विकास कोषबाट चार करोड ४८ लाख ८० हजार ऋण लिने जनाएको छ ।

बजेटमा कृषि क्षेत्रका लागि चार करोड पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा एक अर्ब ६५ करोड रुपैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जीविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।

पूर्वाधारतर्फ विश्व बैंकको सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि एक अर्ब ६५ करोड, बीपी मार्ग सडक स्तरोन्नतिमा आठ करोड रुपैयाँ विनियोजन भएको छ । 

राजस्व सुधारमा स्वयंसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले दुई करोड रुपैयाँको व्यवस्थापन गरेको छ । 

महानगरपालिकाले बहाल कर असोज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ । 

चालु वर्षको बजेटको जेठ मसान्तसम्म चार अर्ब १२ करोड ९ लाख ४७ हजार रुपैयाँमात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट दुई अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको ३८.३० प्रतिशत हासिल भएको छ ।  महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँमात्रै गरेको छ । 

एक अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ ।

०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेस भएकोमा ५३ करोड  ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ ।

बजेटको पूर्णपाठ

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro