site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
३४६ जनाको मृत्यु प्रकरण : बोइङमाथि फौजदारी अभियोग लगाउन सिफारिस

वासिङटन । अमेरिकी अभियोजकले विमान निर्माता कम्पनी बोइङमाथि फौजदारी अभियोग लगाउन त्यहाँको न्याय मन्त्रालय (डीओजे)मा सिफारिस गरेको छ ।

डीओजेले बोइङले ७३७ म्याक्स सिरिजका दुई विमान दुर्घटनाका सम्बन्धमा गरिएको ‘सेटलमेन्ट’को सहमति उल्लंघन गरेको आरोप यसअघि लगाएको थियो । बोइङले उक्त विषयमा बोल्न अस्वीकार गरेको छ ।

उक्त सिफारिस अन्तिम निर्णय नभएको र सम्भावित फौजदारीको कदम अझै अज्ञात रहेको बीबीसीको पार्टनर सीबीएसले जनाएको छ ।

“यो वास्तवमै संगिन निर्णय हो, जुन आउँदै छ,” फाउन्डेसन फर एभिएसन सेफ्टीका कार्यकारी निर्देशक तथा बोइङका पूर्वसिनियर म्यानेजर एड पियर्सनले भने ।

तीमध्ये एउटा विमान सन् २०१८ मा इन्डोनेसिया र अर्को २०१९ मा इथियोपियामा दुर्घटना भएको थियो । दुवै दुर्घटनामा गरी ३४६ जनाको मृत्यु भएको थियो ।

पीडित परिवारले बोइङलाई १४.६ बिलियन जरिवाना तिराउन र फौजदारी अभियोग लगाउन गएको साता माग गरेका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro