site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
साउदीमा एक हजार ३०१ हजयात्रीको मृत्यु
तस्बिर : ईपीए ।

रियाद । अत्यन्त गर्मीको समयमा लामो दूरीको यात्रा गर्ने कम्तीमा एक हजार ३०१ हजयात्रीको मृत्यु भएको साउदी अरेबियाले जनाएको छ ।

यसपालिको हजका क्रममा ५० डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो । हजयात्रीको मृत्युका विषयमा व्यवस्थापनको कमजोरी देखाउँदै साउदी अरेबियाको आलोचना गरिएको छ ।

साउदी सरकारका अनुसार, ज्यान गुमाएका धेरै व्यक्ति हजमा जाने परमिट नै नभएका र चर्को घाम खेप्दै हिँडेकाहरू हुन् । उनीहरू हिँडेको बाटोमा आश्रयस्थल पनि नभएको जनाइएको छ ।

ज्यान गुमाएका मध्ये कतिपय धेरै वृद्ध र रोगबाट पीडित रहेका सरकारी अधिकारीले जनाएका छन् ।

स्वास्थ्यमन्त्री फाहद अल जलाजेलले ‘हिट’बाट उत्पन्न हुने तनाव र त्यसलाई हजयात्रीले कसरी सामना गर्ने भन्ने बारेमा चेतना फैलाउने प्रयास गरिएको जनाएका छन् । करिब पाँच लाख मानिसलाई स्वास्थ्य सुविधा पुर्‍याइएको उनले बताएका छन् ।

एक लाख ४० हजार मानिस – जसलाई हजमा जान अनुमति थिएन, उनीहरूमध्ये केही हिटका कारण सिर्जित समस्याले अस्पतालमा रहेका उनले जनाएका छन् ।

हजका क्रममा मक्काको तापक्रम ५१.८ डिग्री सेल्सियससम्म पुगेको स्थानीय मौसम विभागले उल्लेख गरेको छ ।

इजिप्टका ६५८ जनाको त्यहाँ मृत्यु भएको स्थानीय कूटनीतिज्ञले बताएका थिए । इन्डोनेसियाका २०० जनाको मृत्यु भएको जनाइएको छ । भारतका ९८ मानिसको त्यहाँ मृत्यु भएको थियो ।

यस्तै, पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडान र इराकको कुर्दिस्तान क्षेत्रका मानिसको पनि त्यहाँ मृत्यु पुष्टि गरिएको छ ।

करिब १.८ मिलियन मानिस हज गर्न यसपालि मक्का गएका साउदी सरकारले जनाएको छ । सबै मुस्लिम समुदायका मानिस आफ्नो जीवनकालमा एकपटक मक्का जान चाहन्छन् ।

इजिप्टका प्रधानमन्त्री मोस्ताफा माडबाउलीले अवैध रूपमा मक्कामा मानिस लगिएको भन्ने आरोपमा १६ पर्यटन कम्पनीको लाइसेन्स रद्द गरिएको शनिबार जनाएका थिए । जोर्डनले पनि केही ट्राभल एजेन्टलाई पक्राउ गरिएको शुक्रबार जनाएको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro