site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसको चर्चमा आक्रमण, २३ जनाको मृत्यु 
तस्बिर : रोयटर्स ।

मस्को । रुसको उत्तरी ककेससस्थित दागिस्तानमा आइतबार हतियारसहितका व्यक्तिले दुई चर्च, यहुदीको उपासनास्थल सिनेगंग र एक प्रहरी पोस्टमा आक्रमण गरेका छन् । हमलामा १५ प्रहरी, चर्चका एक पादरी र एक सुरक्षा गार्ड मारिएका छन् । ६ आक्रमणकारी पनि मारिएका बताइएको छ ।

रुसी प्रहरीले आक्रमणको जाँच सुरु गरेको छ । अरू आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।

हतियारधारी समूहले मखाचकाला र डर्बेट सहरलाई आफ्नो निसाना बनाएको थियो । उक्त क्षेत्रमा सदियौँदेखि चल्दै आएको पर्व मनाइँदै थियो । आक्रमणकारीको पहिचान हुन नसकेको जनाइएको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएका केही तस्बिरमा देखिएअनुसार काला कपडामा आएका आक्रमणकारीले प्रहरीका कार र इमर्जेन्सी सर्भिसका गाडीमा हमला गरेका थिए ।

यहुदीको प्राचीन सहर डर्बेटमा आक्रमणकारीले पहिला एक यहुदीको उपासनास्थलमा गोली हानेका थिए । पछि त्यहाँ आगो पनि लगाएका थिए ।

दागिस्तान रुसको सबैभन्दा पिछडिएको इलाका हो । त्यो मुस्लिम बहुल क्षेत्र हो ।

सन् २०२३ अक्टोबरमा यहुदी यात्रीको खोजतलासका क्रममा स्थानीय विमानस्थलमा प्यालेस्टाइन समर्थकको भीड घुसेको थियो । २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच संघर्ष सुरु भएलगत्तै उक्त घटना भएको थियो । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro