site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरबाट ‘फिल्मी शैली’ मा लुटियो दुई करोड ! लुटेराले घरधनीसँग कागज गराएर गरे खानतलास 

काठमाडौं । भक्तपुरको दधिकोटमा एक व्यवसायीको घरमा प्रहरी हौँ भन्दै लुटपाट गर्ने समूहका दुई व्यक्ति पक्राउ परेका छन् ।  प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान भने गोप्य रुपमा जारी राखेको छ ।  चार जनाको समूहले गएको मंगलबार दिउँसो १ बजे प्रहरी भएको र घर खानतलासी गुर्नपर्ने भन्दै घरभित्र पसी दुई करोड रुपैयाँ लुटेको उजुरी प्रहरीमा परेको छ ।

यद्यपि प्रहरीले दुई करोड रुपैयाँ लुटपाट भयो या हुन पाएन भन्नेबारे पनि अनुसन्धान जारी राखेको जनाएको छ । प्रहरीले थप दुई जनालाई पक्राउ गर्न बाँकी रहेकाले घटना सार्वजनिक नगरेको हो । प्रहरी स्रोतका अनुसार, दुईवटा मोटरसाइकलमा पुगेका चारजनाको समूहले आफूहरू प्रहरी हौँ भन्दै घर खानतलासी अनुमतिका लागि घर धनीसँग कागज समेत गराएका थिए ।

उनीहरूले झोलामा रहेको रकम लिएर भागेको प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा देखिएको छ । लुटपाट गर्न पुगेको समूहले प्रहरीको नक्कली कार्डसमेत बनाएको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले अनुसन्धान अझै जारी रहेकाले केही खुल्न बाँकी रहेको बताए ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेका दुईजनाको पृष्ठभूमि विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको खुलेको छ । प्रहरीले कसरी र कुन माध्यमबाट घरमा यति धेरै रकम जम्मा गरियो भन्नेबारे घर धनीमाथिसमेत सोधपुछ गरिरहेको छ । 

भक्तपुर प्रहरीका एसपी वेद विष्टले पनि घटना जटिल भएकाले अनुसन्धानकै क्रममा रहेको बताए । भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुई जनाबाट प्रहरीले करिब ६ लाख रुपैयाँ मात्रै बरामद गरेको छ । दुवै जनाको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro