site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१, शंखमूलमा बस्दै आएका भारतको मोतिहारीका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार (हिजो) राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

१९ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । नयाँ बानेश्वरस्थित सस्तो बजारमा ती महिलाको बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro